Logo
Logo

निर्मला पन्तको बलात्कारपछि हत्याको एक वर्ष पूरा, हत्याकाण्ड भने अझै रहस्यमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १० साउन ।
कञ्चनपुर कि किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज एक बर्ष पुगेको छ । हत्याको एक बर्ष पुगेपनि अहिलेसम्म घटनामा सग्लनको पहिचान हुन सकेको छैन ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–२ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्यापछि प्रहरीले एकबर्ष लगाएर अनुसन्धान गरेपछि अहिलेसम्म कुनै परिणाम हात पार्न सकेको छैन ।

हत्याको छानविनका लागि आधादर्जन समिति बनेपनि त्यसले समेत परिणाम भने देखिएको छैन । प्रहरीले ५ सय २९ जनासम्म बयान लिइसकेको छ । तर निर्मलालाई बलात्कार गर्ने को थियो भन्ने अझै रहस्यमा छ ।

प्रहरीले एक वर्षसम्म आधादर्जन टोली कञ्चनपुर पठाएपनि तिनले पनि अपराधी पहिचान गर्न सकेका छैनन् । प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ । अनुसन्धान प्रक्रिया लम्बिदा पीडित परिवारले न्याय पाउने आश समेत मारेको छ ।

प्रतिक्रिया दिनुहोस्