Logo
Logo

सिक्लेस हाइड्रोपावरद्वारा आयोजना प्रभावितका लागि आईपीओ निष्कासन


315
Shares

काठमाडौं । सिक्लेस हाइड्रोपावरले आजबाट आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना निर्माण गरिरहेको प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

इच्छुक स्थानीय लगानीकर्ताले आईपीओमा माछापुच्छ्रे बैङ्कको मादी शाखा कार्यालय, बैङ्क अफ काठमाण्डू, मुक्तिनाथ विकास बैङ्क र एनआईसी एसिया बैङ्कको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओमा साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्