Logo
Logo

पाटन उच्च अदालतमा एनआईसी एशिया बैंकको एटीएम


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । शाखा सञ्जाल विस्तार तथा एटिएम सेवाको थपलाई तीव्रता दिइरहेको एनआईसी एशिया बैंक लिमिटेडले छिट्टै ललितपूरको पाटनस्थित उच्च अदालतमा एटिएम संचानमा ल्याउने भएको छ ।

ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्बन्धमा पाटन उच्च अदालत र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ । उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्