Logo
Logo

शिक्षण अस्पतालमा खाली कोठा नभएपछि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सैनिक अस्पताल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १२ साउन ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ।

शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीका निजी चिकित्सक एवं त्रिवि शिक्षण अस्पतालकी बरिष्ठ मृर्गौला रोग प्रत्यारोपण विशेषज्ञ प्राडा दिब्यासिंह साहले जानकारी दिइन।

‘प्रधानमन्त्रीज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो’, उनले भनिन्, ‘उहाँको रगत, दिसापिसाबलगायत पेटको अल्ट्रासाउण्ड गरिएको छ।’ शिक्षण अस्पतालबाट पनि परीक्षणका लागि चिकित्सक सैनिक अस्पताल गएको उनले जानकारी दिइन्।

एउटा परीक्षण रिपोर्ट आउन बाँकी र अन्य रिपोर्टमा प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सामान्य देखिएको उनले बताइन् भन्ने आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै समस्य नदेखिएको र उनी नियमित काममा व्यस्त रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्