Logo
Logo

नेकपा सचिवालय बैठक बस्दै, स्कुल विभाग अध्यक्षद्धयले राखेर विवाद मिलाउने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ११ साउन ।

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् । स्कुल विभाग विवाद नसुल्झेपछि दुई अध्यक्षले नै राख्नेबारे अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

सचिवालय सदस्यहरूबीच सहमति नजुटेपछि अध्यक्षहरूले नै राख्ने विकल्प अघि सार्न लागिएको हो । सचिवालय वैठक , पूर्व एमाले पक्षधर बैठक र पूर्व मओवादी पक्षधरको छुट्टा छुट्टै बैठक बस्दा पनी स्कुल विभागमा सहमती हुन नसके पछि स्कुल विभाग अध्यक्षद्धयले राख्ने वा तत्काललाई सो विभागको कार्यविभाजन नै थाँती राख्न सकिने विकल्पमा पनि कुराकानी भएको बालुवाटार स्रोतले बतायो ।

३२ केन्द्रीय विभागमध्ये पूर्वएमाले समूहले १८ र माओवादी समूहले १४ ओटा लिने सहमति भइसकेको छ ।विभाग गठनबाहेक जनवर्गीय संगठनमा इन्चार्ज र सहइन्चार्ज तोक्ने नेकपाको तयारी छ । केन्द्रीय आयोगहरूको एकीकरण, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, विशेष प्रदेश र केन्द्रीय सम्पर्क समन्वय कमिटीको एकीकरणजस्ता कामसमेत एकैपटक टुंग्याउने नेकपाको तयारी छ ।

आज बस्ने सचिवालयको बैठकले सबै समस्याको हल निकाल्न एक नेताले जानकारी दिएका छन् । सचिवालय बैठक वालुवाटारमा १ बजे बस्ने तयारी रहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हेरेर बैठक स्थिगीत हुने वा समय हेरफेर हुन सक्ने ती नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्