Logo
Logo

अध्यक्ष प्रचण्ड र यूरोपेली राजदूतबीच भेटवार्ता


756
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजले भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको प्रचण्ड सचिवालयले जनाएको छ । उक्त भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उनले बताएका छन् ।

नेपालको शान्ति प्रक्रिया सकरात्मक दिशामा अघि बढेको टिप्पणी गरेका छन् । प्रचण्डले युरोपेली युनियनलाई नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्