Logo
Logo

प्रभु बैंक र अर्बिट मेडिकल इन्ट्रान्सबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेड अर्बिट मेडिकल इन्ट्रान्स प्रालिको आधिकारिक बैंक बनेको छ । यससम्बन्धमा प्रभु र अर्बिटबीच सम्झौता भएको छ । सम्झौताअनुसार अर्बिटसँग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट शिफारिश भई आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैंकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट, टीटी, अनलाइन भुक्तानी, ड्राफ्ट आदिका माध्यमबाट गरिने IELTS, TOEFL, PTE, CAE, SAT, GRE, GMAT,Tution Fee आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरिकाबाट कर्जा पाउनेछन् ।

सो कार्यलाई अझ सुव्यवस्थित गर्नको लागि बैकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ । बैकको उक्त कार्यबाट धैरे भन्दा धैरे बिदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरु तथा तिनका आश्रीतहरु लाभान्वित हुने अपेक्षा गरीएको छ । उक्त सहमतिपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र अर्बिटका प्रबन्ध संचालक सुनिल रेग्मीले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्