Logo
Logo

बालुवाटार जग्गा प्रकरणमा मुछिएका, काँग्रेस पर्वतका सचिव श्रेष्ठले गरे आत्महत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १३ साउन ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।

माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् ।

श्रेष्ठलाई उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत रहेका थिए ।

पछिल्ले समय अख्तियारले छानविनका क्रममा बोलाएपछि तनावमा रहेका श्रेष्ठले अन्तत आज सिटी सेन्टरबाट हाम फालेर ‘आत्महत्या’गरेका छन् ।

अख्तियारले बयानमा बोलाएपछि श्रेष्ठ आफ्नो गृहजिल्ला पर्वत फर्केका थिएनन । श्रेष्ठ लाइन्स क्लव अफ डिष्ट्रिक ३२० बी वानको पूर्वगभर्नरसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्