Logo
Logo

एनआईबिएल एस क्यापिटलको १० वर्षः सेवामा विशेष छुट



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा गरेको १० वर्ष पूरा भएको छ ।

१० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १ सय ८८ कम्पनीको आइपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा समेत कार्य गरेको छ । यस क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा कार्यरत छ ।

क्याप्टिल, योजना व्यवस्थापक रही ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्र्तगत ३ वटा बन्दमुखी र १ खुलामुखी म्युचुअल फण्ड योजना सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाईधनीलाई रकमसमेत फिर्ता गरिसकेको छ ।

साथै नयाँ बन्दमुखी योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ प्रारम्भिक समीक्षाको चरणमा छ । कम्पनीले ७ सय बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै गरिरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता तथा २.२५ लाखलाई मेरो शेयर सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्