Logo
Logo

२० दिन मै उप्किने कालोपत्रे भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


बुटवलको गणेश टोलमा सडक कालोपत्रे गरेको २० दिन मै ठाउँ ठाउँमा उप्किएर खाल्डो परेको समाचार प्रकाशित भएको छ । कमसल सामाग्रीको प्रयोग, सही तरिकाले पीच नगरी हतार हतार पीच गरिंदा एक महिनापनि सडक पीच टिकेन ।

बुटवल कै सेमलार देखि उजेलापुर आउने सडक पनि पीच गरेको एक महिनापनि टिकेन । ठाउँ ठाउँमा पीच भत्केर खाल्डो परेको समाचार प्रकाशित भएको छ ।

यस्तो एक महिनापनि नटिक्ने पीच सडक वनाइनु भित्र चरम भ्रष्टाचार लुकेको हुन्छ । यस्ता सडक इन्जिनियरले गुणस्तर तथा अन्य जाँच गरेर मात्र भुक्तानी दिइन्छ । तर त्यहीँ भ्रष्टाचार हुने गर्दछ । यसको केही हिस्सा जनप्रतिनिधिहरुलाइ पनि दिइन्छ । अनि जनप्रतिनिधिहरुपनि चुप ।

यो त केवल प्रतिनिधि घटना मात्र हो । देश भरी यस्ता भ्रष्टाचारले चरम सीमा छोएको छ । केही एकाध माथि कारवाही त भएका छन् । तर यो धेरै नगन्य छ । माथिका ठुलावडामाथि कारवाही नभएसम्म तल हुने यस्ता हजारौं भ्रष्टाचारलाई टुलुटुलु हेरेर वस्न जनता वाध्य छन् ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्