Logo
Logo

कुमारी बैंकको परिवार सुरक्षा बचत खाता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता ‘कुमारी परिवार सुरक्षा बचत खाता’ प्रस्तुत गरेको छ । नेपालमै पहिलोपटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य– आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने प्रावधान छ । यो बचत खातामा न्यूनतम रू. १०,००० मौज्दात हुनुपर्नेछ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा निम्न विशेष सुविधाहरू रहेका छन् । यस खातामा रु २६ लाख सम्मको परिवारको बिमा गरिएको छ । जसमा दम्पतीको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध गरेको छ ।

यस खातामा इन्टरनेट बैंकिङ– निःशुल्क, मोबाइल बैंकिङ– पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड– पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुनेछ । कुमारी बैंक लिमिटेडले हरेक वर्गका ग्राहकका लागि उच्च सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ । यस खाताका बारेमा विस्तृत जानकारी हासिल गर्नका लागि नजिकैको कुमारी बैंकको शाखामा सम्पर्क गर्न ग्राहकहरूलाई आग्रह गरिएको छ ।

विगत १८ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा सञ्जाल, ९१ एटिएम, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्