Logo
Logo

नेपालको पानी विश्वलाई पिउन पुग्छ : ओली


504
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिने बताएका छन् ।

पूर्व जलस्रोत सचिव द्धारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपालको जलश्रोत’ नामक पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले भने, ‘हामी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सक्छाँ ।’

उनले कोशी नदी नेपालमै भएपनि त्यसको पानीबाट नेपालले फाइदा नभएको भन्दै त्यसका लागि राष्ट्रिय हित खोज्नुपर्ने बताए । नेपालले आफ्ना नदीनाला र पानीबाट जायज फाइदा लिन पाउनुपर्छ । त्यसका लागि नेपालको राष्ट्रिय हितमा अडान हुनुपर्छ’, उनले सत्ता हितका लागि राष्ट्रिय हितलाई तिलाञ्जली दिन नमिल्ने बताए ।

उनले जलश्रोतको उपयोग उर्जा र सिञ्चाईमा प्रयोग गर्न सक्नुपर्ने भन्दै जलश्रोतको उपयोगले मात्रै आधुनिक कृषि प्रणालीको विकास गर्न सकिने बताए । ‘हाम्रा सम्पूर्ण मानव शक्ति र प्राकृतिक जमिन, पानी हावा, हिमाल, पहाड, मधेसको समुचित प्रयोग गर्नुपर्दछ । यसको समुचित प्रयोगका लागि राष्ट्रिय हितबाट प्रस्थान गर्नुका साथै न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्व पनि हेर्नुपर्छ’, ओलीको भनाई छ । उनले राष्ट्रियताको अडान लिँदा आफु प्रधानमन्त्रीबाट हट्नुपरेको स्मरण गर्दै ओलीले आफुलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा कुनै चिन्ता नरहेको बताए ।

‘लड्नुपर्दैन अडे पुग्छ’, ओलीले भने, ‘राष्ट्र एकजुट भयो भने हुन्छ ।’ उनले टनकपुर सम्झौतामा राष्ट्र एकजुट भएको भन्दै त्यसबेला ठुलो समझदारीपूर्वक अघि बढाएको बताए । उनले उक्त सम्झौतामा नेपालको जमिनमा बाँध बाँध्न इजाजत दिन सकिने भनेर लेखिएकाले टनकपुर सम्झौता सच्याउनुपर्छ भनेर भनिएको बताए ।

प्रतिक्रिया दिनुहोस्