Logo
Logo

दाङमा करेन्ट लागेर श्रीमान्-श्रीमतिकाे मृत्यु


6.9k
Shares

दाङ । दाङमा करेन्ट लागेर श्रीमान्-श्रीमतिकाे मृत्यु भएकाे छ । करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा उनीहरूकाे मृत्यु भएको हाे ।

राप्ती–२ बाहुनेपाटाका बासु गाहामगर र उनकी श्रीमती हिमा गाहामगरकाे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।

त्यस्तै बासुका भाउजु भिमा गाहा मगर पनि घाइते भएकी छन् । प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमालाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् ।

तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो ।

सुरुमा करेन्ट लागेकी भिमाको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्