Logo
Logo

विवादमा ओशाका उडान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अगस्त २९ तारिखदेखि ओशाका उडानको तयारीमा रहेको नेपाल वायु सेवा निगमको उडान देवमान हिराचनको मुद्दाको कारण अन्योल बन्ने सम्भावना बढेर गएको छ । हिराचनले सर्वोच्च अदालतमा मुद्दा हालेपछि सर्वोच्च अदालतले निगमलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतको आदेश उल्लंघन गर्दै ओशाकामा निगमको प्रतिनिधि नियुक्त गर्न कमर्सियल डाइरेक्टर टंकनिधि दाहाल र एचआरका निर्देशक अशोक सिग्देल अस्ति आइतबार ओशाका उडेका छन् ।

सुरुमा ओशाकाका लागि प्रतिनिधिका रुपमा हिराचनलाई काम गर्न निगमले प्रतिनिधि तोकेका थिए । पछि शक्तिकेन्द्रको आडमा ओशाका प्रतिनिधि खर्पु शेर्पालाई दिएपछि विवाद उत्पन्न भएको छ । शेर्पाले जापानको एआईजे भन्ने ट्राभल्स एजेन्सीसँग मिलेर काम गर्न खोजेका छन् । एआईजे बर्मा एयरलाइन्सको रकम हिनामिना गरेर ‘ब्ल्याक लिष्ट’मा परेको कम्पनी हो । त्यस्तो कम्पनीलाई निगमको प्रतिनिधि तोक्दा भोलिका दिनमा निगम डुब्न सक्छ । तर, कार्यकारी अध्यक्ष मदन खरेलले शक्तिकेन्द्र रिझाउन शेर्पालाई ओशाकाको जिम्मा दिएको छ । अगस्त २९ तारेखदेखि ओशाका उडाउने भनिए पनि मार्केटिङ, टिकेटिङको काम भने भएको छैन । ओशाकाका लागि अहिलेसम्म चार जना यात्रुले टिकट बुकिङ गरेका छन् ।

एयरबसका ३३० यस अगाडि रियाद उडाउने भनिएको थियो । तर, अध्यक्ष खरेलले त्यसको पनि तयारी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्