Logo
Logo

सुरक्षाकर्मी र कैदीबन्दीले पनि समानुपातिकतर्फ मतदान गर्न पाउने


2k
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी र जेष्ठ नागरिकहरुले समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

सरकारले मंसिर ४ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेलगत्तै पत्रकार सम्मेलन गरेर आयोगले यस्तो जानकारी दिएको हो । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको आदेशको पालना गर्दै यो निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था गर्नेगरी उनीहरुको अस्थायी मतदाता नामावली संकलन गरिने बताए ।

उनले दशैंलगत्तै आयोगले उम्मेदवारी दर्ताको कार्यसूची तय गर्ने जानकारी दिए। निर्वाचन कानुनमा कर्मचारी र सुरक्षाकर्मी, बृद्ध र कैदीहरुलाई अस्थायी मतदाता नामावली संकलन गरेर समानुपातिक मतदान गर्न दिनुपर्ने माग पूरा गर्ने व्यवस्था गरिने उनले बताए ।

सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न साउन १ गते आदेश दिएको थियो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी आदिको अस्थायी मतदाता नामावली निर्माण गरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्