Logo
Logo

आमागी निर्वाचमा १० लाख मतदाता थपिने आयोगको आकलन


378
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड ८६ लाख मतदाता हुने सम्भावना रहेको आकलन गरेको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते तोकिएको बारेमा आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताभन्दा १० लाख मतदाता बढ्ने अनुमान गरेका हुन् ।

आगामी निर्वाचनमा कति मतदाता सहभागी होलान् भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हिजोसम्म प्राप्त तथ्यांकअनुसार अघिल्लो निर्वाचनामा १ करोड ७७ लाख मतदाता रहेकोमा आगामी निर्वाचनमा १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान छ । करिब १० लाख मतदाता बढ्ने आ‍कलन छ ।’

मन्त्रिपरिषद्को बिहीबारको बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्