Logo
Logo

एसएसडब्लूमार्फत ५ हजार नेपाली कामदार लान जापान तयार


3.2k
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र जापानका सहायक उपमन्त्री श्री चोतुमो नाकागावासँग भेटवार्ता भएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा जापानीज भाषा परीक्षा पास भएका र सिप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाबारे कुरा भएको थियो । मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरु जापान जानको लागि तयारी अवस्थामा रहेका जानकारी गरााएका थिए ।

उनले उपमन्त्री श्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गरेका थिए । साथै उनले दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

भेटमा उपमन्त्री श्री चोतुमोले आजको गोष्ठी नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गरे । उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू) मार्फत ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको जानकारी दिए । साथै उनले श्रम सम्झौतामा ढिलाई गर्नु नहुने बताए ।

चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफूले पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्