Logo
Logo

प्रितमको सारेगमप अनुभव, ‘होशमा आउँदा स्टेजमा थिएँ’


एमपी सुब्बा


एमपी सुब्बा

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा थुप्रै ‘चाइल्ड प्रतिभा’हरु उदाएका छन् । तर, सबै चम्किनरहन भने सकेका छैनन् अर्थात आउने÷जानेक्रम जारी छ । तिनै उदाएका प्रतिभामध्ये प्रितम आचार्य भने रातदिन चम्किँदै गएका छन् । ‘म आफ्नो लेभललाई कदापि घट्न दिन्नँ, अझ उचाइमा पु¥याउनलाई प्रयास गर्नेछु’ १० वर्षीय प्रितमले भने, ‘यहाँहरुको माया, हौसला र प्रेरणाको ऋणि भएर पनि अगाडि बढ्नेछु ।’

भारतीय टेलिभिजन च्यानल ‘जीटिभी’बाट प्रसारित चर्चित गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा सेकेण्ड रनरअप विजेता बनेपछि प्रितम नेपाली सांगीतिक क्षेत्रमा ‘चम्किला तारा’ बनेका हुन् । बलिउडमा समेत प्रितम चर्चित छन् । ‘सारेगमप’मा सहभागी जनाइरहँदा निर्णायकबाट ‘वाहवाही’ पाएका उदितनारायण झा, सोनु निगमजस्ता बलिउड हस्तीका समेत नजरमा परेका प्रितम भन्छन्, ‘गाउन त सबैले गाउँछन् । टिकाइराख्न ठूलो कुरा हो ।’ उनका यी कुरा सुन्दा, प्रितम चाइल्ड कलाकारजस्तो लाग्दैनन् । किनकि, आफ्नो स्टारडमलाई कसरी जोगाउने र मिडियासँग प्रस्तुत हुँदा के भन्नेजस्ता बुझाइ उनीमा छ ।

अडिसनमा पुरानो हिन्दी फिल्म ‘बोर्डर’को ‘सन्देसे आते है’ बोलको गीत गाएका थिए उनले । उक्त गीत यस्तो गाए, जुन गीतले उनी निर्णायहरुको मनभित्र बस्न सफल भए । प्रितमले गाएको सुनेपछि उक्त गीतका अर्जिनल गायकमध्ये सोनु निगमले तारिफ गर्दै भने ‘वाह प्रितम’ । प्रितमले सारेगमपको दौरानमा विभिन्न कलाकारका गीतहरु प्रस्तुत गरेका थिए । त्यसमध्ये केही नेपाली गीत पनि प्रस्तुत गरेका थिए । प्रितमले हरेक प्रस्तुतीमा निर्णायकबाट ‘वाहवाही’ पाएका थिए भने यता नेपालमा प्रितमका फ्यानहरु बढ्दै गएको थियो । धेरैले अनुमान गरेका थिए, ‘सारेगमप लिटिल च्याम्स’ नेपालकै प्रितम बन्छन् । तर, नतिजा अनुमान गरेजस्तो आएन । तर, ‘सेकेण्ड रनरअप’ भएर पनि कोही दुःखी भएनन् किनकि हजारौँमा तेस्रो हुन पनि ठूलै उपलब्धि थियो ।

‘सारेगमप’जस्तो भारतकै बिग रियालिटी शोमा ‘सेकेण्ड रनरअप’ उपाधि जितेपछि पहिलोपटक मिडियासँग आफ्नो अनुभव शेयर गरिरहँदा उनी झनै हौसिँदै गए । उनको बोलीमा जोश बढ्दै गएको थियो । ‘यहाँहरुको माया र हौसलाले मलाई अगाडि बढ्ने थप प्रेरणा मिलेको छ’ गीतसंगीतलाई मन्दिर मान्ने प्रितम भन्छन्, ‘आज दर्शक तथा श्रोताको माया नपाएको भए यहाँ पक्कै हुने थिइनँ । दर्शक÷श्रोताप्रति सधै आभारी छु ।’

सुरुमै उल्लेख गरेजस्तै प्रितम साँच्चीकै ‘हुने विरुवाको चिल्लो पात’ हुन् किनकि उनी ४ वर्षकै उमेरमा भजनप्रति लगाव राख्थे र आफ्ना बाबुसँग बिहान–बिहान भजनकिर्तनमा मख्ख हुन्थे । जसले एकदिन प्रितम कुसल गायक बन्छ भन्ने संकेत गरेको थियो । आफ्ना बाबुले भनेको कुरा स्मरण गर्दै उनले भने, ‘म सानोमा रुवाएको बेला बाबाले गीत सुनाउँनुहुन्थो रे, गीत सुनेपछि म खुसी हुन्थे रे । त्यो पक्कै गायनप्रतिको मेरो लगाव हो ।’

तर, भारतीय रियालिटी शोमा विजेता बनेर अहिलेजस्तो नाम चम्काउँछु भन्ने उनले सपनासमेत देखेका थिएनन् । ‘एकदिन अवश्य कुसल गायक बन्छु जस्तोचाहिँ लागेको थियो’ प्रितमले सुनाए, ‘किनकि ममा आत्मविश्वास थियो । हरेक क्षेत्रमा लगाव र मिहिनेतले सफलता मिल्छ ।’

त्यसो त ‘सारेगमप लिटिल च्याम्स’मा सहभागी हुनअघि नै गीतकार दर्पण राईको चर्चित गीत ‘यो मुटु दुख्छ किन’को बालभर्सन गाएर चर्चामा आएका थिए । यी बालप्रतिभा कुराकानीका क्रममा सारेगमपतिरै ढल्किए । यसले उनीमा उपाधि जितेको क्षणलाई कसरी दर्शक÷श्रोतामाझ व्यक्त गरुँ भन्ने कौतुहलता अझै कायमै छ भन्ने प्रष्ट हुन्छ ।

कुराकानीकै क्रममा प्रितमले भने, ‘मेरो नाम सेकेण्ड रनरअपमा घोषणा हुँदा खुसीले म यतिधैरै फुरुंग भएँ, अहिले पनि त्यो स्पष्टरुपमा व्यक्त गर्न सक्दिनँ । एकछिन त विश्वासै लागेन ।’ ती खुसीको पललाई प्रितमले हरेक आफ्नो अन्तर्वातामा राख्दै आएका छन् । तर, उनी त्यहीँ क्षणमा हराउँछन् । र, उनी भन्छन्, ‘त्यो खुसी व्यक्त गर्ने शब्दहरु मबाट फुर्नै सक्दैन । यति थाहा छ, होशमा आउँदा म स्टेजममा थिएँ ।’

प्रितम आफूलाई भाग्यमानी ठान्छन् । त्यो सारेगमप क्षणको होस् वा आफ्नो गायनमै किन नहोस् । बालकलाकार भएर अहिलेसम्म जति गीत गाए, ती श्रोताले रुचाएका छन् । त्यसैले उनी आफूलाई भाग्यमानी मान्छन् । अझ सारेगमपको अडिसनको क्षणलाई लिएर त ‘अहोभाग्य’ नै ।

हक्सीस्वरका धनी प्रितम सारेगमपतिरै पुनः फर्किए, ‘वास्तवमै म भाग्यमानी छु, किनकी सारेगमपमा नेपालबाट ११ जना दिल्ली गएका थियौँ, त्यसमा म र आयुषमात्र मुम्बई जानका लागि छनोट भएका थियौँ र उपाधि पनि जित्न सफल भयौँ ।’

अडिसनमा पुरानो हिन्दी फिल्म ‘बोर्डर’को ‘सन्देसे आते है’ बोलको गीत गाएका थिए उनले । उक्त गीत यस्तो गाए, जुन गीतले उनी निर्णायहरुको मनभित्र बस्न सफल भए । प्रितमले गाएको सुनेपछि उक्त गीतका अर्जिनल गायकमध्ये सोनु निगमले तारिफ गर्दै भने ‘वाह प्रितम’ ।

प्रितमले सारेगमपको दौरानमा विभिन्न कलाकारका गीतहरु प्रस्तुत गरेका थिए । त्यसमध्ये केही नेपाली गीत पनि प्रस्तुत गरेका थिए । प्रितमले हरेक प्रस्तुतीमा निर्णायकबाट ‘वाहवाही’ पाएका थिए भने यता नेपालमा प्रितमका फ्यानहरु बढ्दै गएको थियो । धेरैले अनुमान गरेका थिए, ‘सारेगमप लिटिल च्याम्स’ नेपालकै प्रितम बन्छन् । तर, नतिजा अनुमान गरेजस्तो आएन । तर, ‘सेकेण्ड रनरअप’ भएर पनि कोही दुःखी भएनन् किनकि हजारौँमा तेस्रो हुन पनि ठूलै उपलब्धी थियो ।

‘सारेगमप’को सेमिफाइनल राउण्डमा पुग्दा प्रितमको मात्र होइन, अडियन्सको पनि उस्तै ढुकढुकी बढ्दै थियो । त्यतिखेरै प्रितमले ‘तडप–तडप’जस्ता चर्चित हिन्दी गीत प्रस्तुत गरेका थिए । उनले ‘तडप–तडप’लाई यस्तो गाए, मानौँ अब ‘प्रितम विजेता पक्का हुनेछन् ।’

उता निर्णायकले प्रितमलाई त्यस्तै धड्कन बढाइदिइरहेका थिए । ‘यो अन्तिम प्रस्तुती हो, जति राम्रो गाउन सक्छौँ, प्रयास गर’ एक जना निर्णायक यसोभन्दा प्रितमको ढुकढुकीसँगै आत्मविश्वास पनि बढेको थियो । प्रितम त्यो क्षणको स्मरण गर्छन्, ‘तर, जब उक्त गीत गाएँ, त्यसपछि निर्णायकले भने, ‘वाह, यति सानैमा यस्तो राम्रो गायौँ, तिम्रो गायनमा उज्वल भविष्य छ । त्यसपछि मलाई थप हौसला मिल्यो ।’

सारेगमपको स्टेजसम्म पुग्नको प्रेरणा उनी आफ्ना आमा–बाबुलाई लिन्छन् । उनी भन्छन्, ‘मेरो रुचि र चाहनामा बाबा–आमाको साथ गौरव गर्न लायकको छ । ‘ममा सानैदेखि गाउने रुचि र सौख थियो’ उनले भने, ‘ती मेरो रुचिमा बाबा–आमाको साथ मिलेको छ । नत्र यति सानै उमेरमा कसरी त्यहाँसम्म पुग्न सम्भव हुन्थ्यो र ?’

सेकेण्ड रनरअप भएपछि घर फर्कँदाको क्षण उनीसँग ताजै छ । उनी भन्छन्, ‘म घर इटहरी घर फर्कँदा यस्तो स्वागत गरे, त्यो क्षण म कहिल्यै भूल्न सक्दिनँ । उहाँहरुको माया र हौसलालाई अझै जिवन्त बनाउन निरन्तर संगीत तथा गायनमा रहनेछु ।’

०६५ जेठ १० मा इटहरीमा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको ‘सुरशाला जुनियर आइडल’मा दोस्रो भएका थिए ।

पछिल्लो समय प्रितमलाई नेपाली सांगीतिक क्षेत्रमा ‘चम्किलो तारा’का रुपमा चिनिन्छन् । हरेक प्रकारका गीत गाउन सक्ने उनी क्षमता राख्छन् । उनी भन्छन्, ‘आएको मौका छाड्दिनँ, मिहिनेत गर्दै जानेछु ।’

प्रतिक्रिया दिनुहोस्