Logo
Logo

चारवटा सुनको औंठीसहित विमानस्थलबाट दुई जना पक्राउ


2.3k
Shares

काठमाडौं । नेपाल एयरलाइन्सको विमानमार्फत दुबईबाट काठमाडौं आएका दुईजना व्यक्ति चारवटा औंठीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका विवेक तिम्सिना र काठमाडौं दक्षिणकालीका साजन श्रेष्ठ छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार तिम्सिना र श्रेष्ठले ८०/८० ग्राम सुनको औंठी काठमाडौं ल्याएका थिए ।

विमानस्थल प्रहरीले घटनाबारे जानकारी दिन जारी गरेको प्रेस विज्ञप्तिमा दुई जनाको गतिविधि ‘शंकास्पद’ देखिएकाले आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको भनिएको छ ।

उनीहरुले अवैधरुपमा लुकाइ छिपाइ भन्सार छलेर औंठी लान लागेको भन्दै प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भनसार कार्यालय, गौचरमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्