Logo
Logo

निर्वाचनबारे छलफल गर्न गठबन्धन बैठक बस्दै


2.1k
Shares

फाइल फाेटाे

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ ।

बैठकमा मंसिर ४ को चुनावमा गठबन्धन दलहरुबीच हुने भागबण्डाका विषयमा छलफल सुरु हुने काँग्रेस नेता रामचन्द्र पौडेलले बताए । त्यसका लागि कार्यदल बनाएर जान सकिने उनको भनाइ छ ।

सरकारले बिहीबार मंसिर ४ का लागि चुनावको मिति घोषणा गरेलगत्तै गठबन्धन छलफलमा जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्