Logo

जनता पार्टीको सेवक होईन, देशको मालिक बन्नुपर्छ : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनता पार्टीको सेवक नभई देशको मालिक हुनुपर्ने टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘२०७९ मंसिर ४ को चुनावले -लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद,-भ्रष्टाचार,-वेरोजगारी,-धर्मपरिवर्तन,-सत्तामा पुग्न विदेशीशक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्छ,त्यसका लागि जनता पार्टीको सेवक होईन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्