Logo
Logo

सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार : सञ्चारमन्त्री



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार भएको बताएका छन् ।

यही साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्न सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु ।’

उनले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको बताउँदै कुनै भ्रममा नपर्नसमेत अपिल गरे । सरकार गोपनीयताको सम्मान र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मन्त्री कार्कीले सरकारले शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख (करिब रु १४ अर्ब ६९ करोड) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्