Logo
Logo

अफिम खेतीको डरलाग्दो विस्तारले आतंकवाद भित्रिने खतरा


- दृष्टि न्युज/संवाददाता


नेपालमा अफिम खेती डरलाग्दो हिसावले विस्तार भैरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । गत दुई वर्षमा मात्र १०० विघा भन्दा वढी जमीनमा लगाइएको अफिम खेती प्रहरी अपरेसनमा नष्ट गरिएको छ । तर प्रहरीको पहुँच र सूचना भन्दा वाहिर अफिम खेती डरलाग्दो रुपमा विस्तार भैरहेको समाचार प्रकासित भएका छन् ।

नेपालमा अफिम खेती नयाँ हो । करीव दश एघार वर्ष अगाडि नेपालमा यो लागु पदार्थको खेती हुने थिएन भनिन्छ । तर अहिले यसको ब्यापक विस्तार हुनुले गम्भीर समस्या ल्याउन सक्ने देखिन्छ ।

अफिम भनेको कडा खालको लागु पदार्थ हो । यसैवाट ब्राउन सुगर वनाउने गरिन्छ । विगतमा अफिम कै कारण चीन र वेलायतका विच युद्ध भएको र चीनका कयौं स्थान वेलायतको नियन्त्रणमा गएको थियो ।

अफगानिस्तानमा युद्ध हुनुको एक कारण त्यहाँ हुने अफिम खेती पनि हो । अफगानिस्तानमा कहिले वाह्य हस्तक्षेपकारी युद्ध त कहिले गृहयुद्ध भइरहेको ३० वर्ष भन्दा वढी भैसक्यो ।

अफिम खेती चरम नाफा हुने खेती तथा व्यापार हुनाले यसमा मानिसहरु आकर्षित हुने गर्दछन् । छोटो अवधिमा धनी वन्ने सपना वोक्नेहरु तथा अपराधिक मानसिकता भएकाहरु यसमा लाग्ने गर्दछन् । उनीहरुले नेपालको चरम गरिवीवाट फाइदा उठाउन खोजिरहेका छन् । यसमा मूख्यत छिमेकि देशका त्यस्ता केही व्यापारीहरुmले नेपाली किसानहरुलाई लोभ देखाएर यस्तो काममा लगाएको समाचारमा जनाइएको छ ।

ती व्यापारीहरुले नै विउ मल तथा अन्य आवश्यक लगानी सबै गरिदिने र आवश्यक सुरक्षाको खर्च समेत दिने गरेको समाचारमा जनाइएको छ ।

अफिम संगै हतियार तथा आतंकवाद भित्रिने कुरा सरकारले समय मै आत्मसात गरेन भने नेपालपनि आगामी दिनमा आतंकवादको चपेटामा पर्न सक्ने देखिन्छ ।

अफिम खेती गर्न स्थानिय जनता, गुण्डा, तथा जनप्रतिनिधिको सहयोग विना सम्भव हुँदैन । सरकारले गम्भीर भएर यसको निवारणकालागि योजना वनाएर कार्यान्वयन गरेन भने भविश्यमा नेपाल अन्तराष्ट्रिय लागुपदार्थ कारोवारीहरुको रणमैदान वन्ने र अन्तराष्ट्रिय आतंकवादको अखडा वन्ने सम्भावना प्रति सरकार समय मै गम्भीर वन्नु पर्दछ ।

अमेरिकाले अफगानिस्तानमा दैनिक करीव १५ लाख डलर खर्च गरेर अफिम विरुद्ध युद्ध लडि रहेको विविसीले जनाएको छ । तर अहिले सम्मपनि अमेरिकाले सफलता पाउन सकेको छैन । एकपटक अफिम खेती र व्यापार मौलाएपछि नियन्त्रण गर्न कति कठिन हुन्छ भन्ने यसले देखाउँछ । नेपालमा अहिले यसको शुरुवात भएको छ । त्यसैले समय छँदै यसलाई गम्भीरतासाथ लिइनु पर्दछ ।

अफिम खेती पं्रभावित क्षेत्रमा किसानहरुको जीवनस्तर उठाउन वैकल्पिम योजना दिने, अफिम खेतीको दुष्परिणाम वारे जनचेतना अभियान चलाउने, तथा अफिम खेती विरुद्ध रणनैतिक योजना सहित व्यापक प्रहरी परिचालन गरेर यसलाई समय मै नियन्त्रण गरिनु पर्दछ । अन्यथा भविश्यमा  नेपाल अफगानिस्तानको वाटोमा जाने खतरा रहन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्