Logo
Logo

पाँचवर्षे कार्यकाल र अनिवार्य उमेरहदका कारण सात सचिवले सेवाबाट अवकाश पाउँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १५ साउन ।

विभिन्न मन्त्रालय र निकायमा कार्यरत सात जना सचिव छिटै अवकाश हुने भएका छन् । उनीहरू पाँचवर्षे कार्यकाल र अनिवार्य उमेरहदका कारण अवकाश हुने भएका हुन् ।

अवकाश हुनै लाग्दा केही सचिवहरू राजनीतिक नियुक्ति लिन नेतृत्वसमक्ष दौडधुपमा लागेका छन् । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णुप्रसाद लम्साल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव अर्जुन कार्की यही २२ साउनदेखि अवकाश हुनेछन् ।

उनीहरू सचिवको पाँचवर्षे कार्यकालका कारण अवकाश हुन लागेका हुन् । यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा ५८ वर्ष उमेरहदका कारण यही २३ साउनदेखि अवकाश हुँदै छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज विसी पनि साउनको अन्तिम साता नै सेवानिवृत्त हुने भएका छन् । यस्तै भदौमा अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे र प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर सेवानिवृत्त हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्