Logo
Logo

गभर्नरकाे राजीनामा माग गर्दै नेविसंघकाे प्रदर्शन


1.1k
Shares

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दल कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्र बैंक अगाडी प्रदर्शन गरेको छ।

नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको नाम समावेश गरिएको विषयमा गभर्नर अधिकारी राजीनामा माग गर्दै आज विहान राष्ट्र बैंक परिसरमा विराेध प्रदर्शन गरेका हुन् । प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २१ प्रदर्शनकारी पक्राउ गरी प्रहरी वृत मालिगाँउमा राखिएको छ।

एमालेको आर्थिक विभागमा एम अधिकारीको नाममा गभर्नर माहाप्रसाद अधिकारी रहेको भन्दे उनको राजीनामा माग गर्दै सत्ता गठबन्धनले विरोध गर्दै आएको छ। एमाले र गभर्नर अधिकारीले भने एम अधिकारी महाप्रसाद अधिकारी नभएको प्रष्टिकरण दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्