Logo
Logo

मेरियट होटलमा प्रहरीको छापा




काठमाडौं । नक्सालस्थित मेरियट होटलको क्यासिनोमा प्रहरीले छापा हानेको छ । नेपालीलाई जुवा खेलाएको आरोपमा प्रहरीले छापा हानेको हो । क्यासिनोबाट सुनसरीका खगेन्द्र भण्डारी र तनहुँका सूर्य शाही पक्राउ परेका छन् ।


नेपालीलाई क्यासिनोमा जुवा प्रतिबन्ध छ । तर, केही क्यासिनोले भारतीय भएको भन्ने नक्कली कार्ड बनाएर नेपाली छिराउँदै आएका छन् ।काठमाडौंका अन्य क्यासिनोले पनि नेपाली छिराउने गरेका छन् । केहीले प्रहरीसँग सेटिङ मिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्