Logo
Logo

चितवनमा १२ पेशेवर जुवाडे पक्राउ, छुटाउन चलखेल




चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले जुवा अखडामा छापा मारी १२ जना पेशेवर जुवाडेलाई पक्राउ गरेको छ । भरतपुरको गणेशस्थान चोकस्थित सुदीप भण्डारीको घरमा जुवा खेलाइरहेको भन्ने सूचना पाएपछि सोमबार बिहान छापा मारी १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट ३२ थान कौडा, १ बुक तास र नगद ३ लाख ९ हजार ७६० रुपैयाँ बरामद गरको छ ।


पक्राउ पर्नेमा भरतपुर १४ बस्ने वर्ष ५८ का व्यापारी सुरेशचन्द्र न्यौपाने, भरतपुर ११ बस्ने वर्ष २६ का करण गुरुङ, भरतपुर ११ बस्ने बर्ष २६ का सुमन भण्डारी,भरतपुर २० बस्ने वर्ष ४१ का दिनेश दवाडी, गोरखा भच्चेक–३ घर भएका वर्ष ३५ का बिष्णुबहादुर भण्डारी, भरतपुर २६ बस्ने वर्ष ४० का ईश्वर महत्तो, भरतपुर ११ बस्ने वर्ष २७ का किरण लोप्चनलाई पक्राउ गरेको छ ।


जुवाखालबाट पक्राउ पर्ने अन्यमा भरतपुर ११ बस्ने वर्ष २९ का राजेश बिक, भरतपुर १२ बस्ने वर्ष ४४ का सालिकराम रेग्मी, भरतपुर ११ बस्ने वर्ष २६ का धनबहादुर बराल, भरतपुर ११ बस्ने बर्ष २० का सुदिप भण्डारी र भरतपुर ११ बस्ने वर्ष ४६ का दिपक श्रेष्ठ छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनबाट १० दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । उनीहरुलाई छुटाउन नेतादेखि बिचौलिया सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्