काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले पूर्वअध्यक्षहरुलाई अभिनन्दन गर्ने भएको छ ।
फोनिजको सांगठानिक जीवनमा अतुलनीय योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष र दुई पूर्वअध्यक्षलाई अभिनन्दन गर्न लागेको हो ।

महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पुर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई २३औँ स्थापना दिवसको आवसरमा अभिनन्दन गर्ने निर्णय गरेको छ ।
स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित विषेश समाराेहमार्फत उनीहरुलाई अभिनन्दन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।














