
काठमाडौं । मंगलबार रातिको भारी वर्षापछि आएको बाढीले काठमाडौंको काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् ।
बाढीले सुकुम्बासीका २ वटा टहरा बगाएको छ । प्रहरी प्रभागकाे किचन र बाथरुमसमेत बगाएको छ । कार्यालय भवनको एक तला बाढीले डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचरलगायतका सामान बगाएको प्रहरी प्रभागले जनाएको छ ।
प्रहरीका अनुसार कार्यालयमा पार्किङ गरेर राखिएका २ वटा मोटरसाइकल पनि बाढीले बगाएको छ । राति ११ बजेपछि डुबान सुरु भएको प्रभागका प्रमुख प्रहरी निरीक्षक सुजन पाठकले बताए ।
‘हामीले मध्यरातमा मान्छेको उद्धार ग¥यौँ । डेढ सय बढी पक्की घर मात्रै डुबानमा परेका छन् । अरु छाप्रा पनि डुबेका छन्,’ उनले भने, ‘बाढीले बिजुली पनि अवरुद्ध छ ।’
क्षतिको यकिन विवरण आउन समय लाग्ने उनले बताए ।














