Logo
Logo

केरेला लिग खेल्न दीपा भारत जाँदै



काठमाडौं । नेपाल पुलिसकी मिडफिल्डर दीपा न्यौपोनले भारतको केरेला महिला लिग खेल्ने भएकी छन् ।

त्यसका लागि उनी बुधबार त्यसतर्फ जाँदैछिन् । डन बोक्सोसँग करेला महिला लिगका लागि २ महिनाको सम्झौता भएको उनले बताइन् ।

पुलिस क्लबमा ६ वर्षदेखि आबद्ध रहेकी दीपा अर्को महिना नेपालमा आयोजना हुने साफ च्याम्पिनसिपको पहिलो चरणको छनोटमा परेकी थिइन् । दीपाका अनुसार करेला लिगमा १० वटा टोलीका रहेका छन् । त्यसको च्याम्पियन टोलीले महिला आइ लिगका लागि छनोट हुनेछ ।

देश बाहिर खेल्ने मौका पाउँदा खुसी लागेको दीपाले बताइन् । दीपाले खेल्ने क्लब केरेला लिगको साविक उपविजेता हो । केरेला लिग बुधबारबाटै सुरु हुँदैछ । त्यसको पहिलो खेलमा गोकुलम र केरेला एफसीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

कुलम केरेला र महिला आइ लिग दुवैको च्याम्पियन टोली हो । गोकुलमबाट नेपाली महिला टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी खेल्दैछिन् । २ वर्षअघि गोकुलम आइ लिग च्याम्पियन हुँदा सावित्रा सर्वाधिक गोलकर्ता बेनकी थिइन् ।

डन बोस्कोले पहिलो खेल बिहीबार लड्र्स पिआरविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्