Logo
Logo

वालुवाटारको जग्गा किन्ने न्यायधिशलाई कारवाही होला ?


- दृष्टि न्युज/संवाददाता


वालुवाटारको सरकारी जग्गा वहालवाला सर्वोच्चका न्यायधिस कुमार रेग्मीले समेत किनवेच गरेको समाचार प्रकाशित भएको छ ।

वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न विभिन्न शक्ति केन्द्रहरुलाई प्रयोग गरेको र स्वयंम् केही पूर्व प्रधानमन्त्रीहरु र मन्त्रीहरु तथा पार्टीका ठुला नेताहरुलाइ समेत प्रयोग गरेको वारे संचार माध्यमहरुमा समाचार आइरहेको छ । यसै क्रममा वहालवाला न्यायधिशलेपनि सो जग्गा किनेर पछि वेचेको समाचारले नयाँ तरंग ल्याएको छ ।

न्यायधिश रेग्मीले सो जग्गा भाटभटेनी सुपर मार्केटका मालिक मीन वहादुर गुरुङवाट किनेको वताएका छन् । आफुले नीज मीन वहादुरलाई केही कानूनी सहयोग गरेको र आफ्नो अलिकति पैसा लिनु वाँकि रहेकोले सो जग्गा लिएको वताएका छन् ।

यी जे जस्ता कुरा भएपनि अब नीज न्यायधिस माथि पनि छानवीन हुने हो वा होइन भन्ने कौतुहलता जनतामा छाएको छ । छानवीन गर्ने हिम्मत सरकारले गर्ने हो भने नीजलाइ तत्काल निलम्वन गर्नु पर्ने हुन्छ ।

तर पार्टीका केही नेता समेत मुछिएको समाचार आएपनि नेकपा सरकारले कुनै कारवाही अहिले सम्म नगरेकोले यो नयाँ समाचारको तथ्य केलाउन सरकार लाग्ने र कारवाही हुनेमा जनतामा शंका व्याप्त देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्