Logo
Logo

मधेस सरकारको धर्ना स्थगित


1.3k
Shares

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले थालेको धर्ना कार्यक्रम स्थगित गरिएको छ । संघीय सरकारले आश्वासनपछि मधेस प्रदेश सरकारले धर्ना स्थगित गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार तीन चरणमा कुरा भएको र आसन्न निर्वाचन सकिएलगत्तै माग पूरा गर्ने आश्वासन दिएको जानकारी दिए ।

उनले भने, ‘उहाँ (प्रधानमन्त्री)ले निर्वाचनपछि पहिलो प्राथमिकतामा राखेर प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिनुभएको छ, संघीय सरकारका अन्य प्रतिनिधिहरुले पनि धर्नााको कार्यकम्रम स्थगित गरिदिन अनुरोध गर्नुभयो, यसर आमागी निर्वाचनमा असर पर्न सक्छ, त्यही भएर स्थगित गर्ने निर्णय गरेका हौँ ।’

प्रहरी समायोजनको माग गर्दै गएको आइतबारदेखि धनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना सुरु गरिएको थियो । मुख्यमन्त्री राउतसहित मन्त्रीहरू, प्रदेशसभा सदस्यहरूलगायत व्यक्ति धर्नामा बसेका थिए ।
मधेस सरकारले प्रहरी समायोजन, जिल्ला प्रशासन कार्यालय प्रदेश मातहतलगायत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्