Logo
Logo

१५ दिनभित्र कलंकीको खसीबजार हटाउन निर्देशन


8.4k
Shares

काठमाडौं । काठमाडौं महानगरले कलंकीस्थित खसीबजार हटाउन निर्देशन दिएको छ ।

बिहीबार सूचना जारी गर्दै १५ दिनभित्र वैकल्पिक ब्यवस्था गरेर खसी बजार हटाउन सम्बन्धित ब्यवसायीलाई निर्देशन दिएको हो । बल्खु खोलमा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसीबजारले असर गरेको भन्दै स्थानीयले सामूहिक उजुरी दिएका थिए ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने हक रहेकाले यो सूचना प्रकाशित गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्