Logo
Logo

विद्यार्थी चढेको डुंगा राप्तीमा पल्टियो, २५ जना घाइते



फाइल फाेटाे ।

दाङ । विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा पल्टदा २५ विद्यार्थी घाइते भएका छन् ।

लमही नगरपालिका–९ बाट राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टा गइरहेका विद्यार्थी दुर्घटनामा परेका हुन् । बिहीबार बिहान साढे ९ बजे २५ जना विद्यार्थी नदीमा खसेको एसपी सुरेश काफ्लेले जानकारी दिए ।

त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए । गम्भीर बनेका कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक र १२ वर्षीया रीमा राम्जाली तथा कक्षा ९ का १६ वर्षीय सन्दीप विकको लमहीमा उपचार जारी छ ।

क्षमताभन्दा बढी विद्यार्थी एकैसाथ तार्ने प्रयास गर्दा डुंगा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्