Logo
Logo

प्रदेश १ र गण्डकी सरकारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले एक नम्बर प्रदेश र गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचन गर्नेगरी मिति तोकीसकेको अवस्थामा दुवै प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बजेट खर्च गर्न लागेको भन्दै स्पष्टिकरण सोधेको हो ।

त्यस्तै आयोगले निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमबारे अघि नबढाउन निर्देशन दिएको छ । आयोगले भनेको छ– ‘आसन्न निर्वाचनका प्रक्रिया शुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न सकिँदैन, अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने देखिन्छ ।’

‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणा भई निर्वाचन कार्यक्रम प्रकाशन भैसकेको तथा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पदावधि सकिन लागेको अवस्थामा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नामबाट छोटो अवधिमा योजना र बजेट वितरण गर्नेगरी किन कार्यक्रम शुरु गर्नु परेको हो रु’ आयोगले सोधेको स्पष्टिकरणमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्