Logo
Logo

अमेरिका चीन व्यापार युद्ध नयाँ चरणमा, दोश्रो शीत युद्धको शुरुवात


- दृष्टि न्युज/संवाददाता


अमेरिका र चीनका विच गत वर्ष देखि चलिरहेको व्यापार युद्ध नयाँ चरणमा प्रवेश गरेको देखिन्छ । चीनवाट अमेरिकाले आयात गर्ने ३०० अर्ब डलर वरावरको थप सामानहरुमा सेप्टेम्वर १ वाट १० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी डोनाल्ड ट्रम्पले दिएका छन् ।

यस अघि २०० अर्व अमेरिकी डलर वरावरको आयातमा अमेरिकाले २५ प्रतिशत भंसार लगाइ सकेको छ । चीनलेपनि अमेरिकावाट आयात हुने कयौं सामानहरुमा २५ प्रतिशत भंसार लगाइ सकेको छ ।

यसरी एक अर्काको सामानहरुमा थप भंसार लगाएर विपक्षी देशको सामान आउन नदिइ उसको अर्थतन्त्रमा समस्या थप गर्ने र आफ्नो शर्तहरु मान्न लगाउने प्रयासलाई व्यापार युद्ध भनिन्छ । यस्तो व्यापार युद्धले अहिले दुबै देशको अर्थतन्त्रमा नयाँ समस्याहरु ल्याइरहेको विज्ञहरुले वताइरहेका छन् ।

एक वर्षमा भएको अमेरिका चीन विचको व्यापार युद्धले यी दुइ देशको सरकारी अर्थतन्त्रका साथै नीजि क्षेत्रको अर्थतन्त्रमा पनि गम्भीर क्षति पुगिरहेको छ । पहिलो र दोश्रो विश्वयुद्धमा भएको धन सम्पतिको क्षति जस्तै दैनिक अरबौं डलर वरावरको क्षति भैरहेको विज्ञहरुको भनाइ छ ।

पहिला अमेरिकाको पहिलो व्यापार पार्टनर चीन रहेको थियो । अर्थात चीन संगको व्यापार नै अमेरिकाको सवभन्दा धेरै थियो । तर अहिले चीनलाई मेक्सिको र क्यानडाले उछिनेको छ र चीनको स्थान तेश्रोमा झरेको छ । चीन अमेरिका विचको व्यापारमा आएको यस्तो गम्भीर कमीले अमेरिका र चीनको अर्थतन्त्रमा उत्पादन हुने तर विक्रिमा समस्या आउनाले ठुलो नोक्सानी व्यहोर्न थालेको विज्ञहरुको भनाइ छ ।

तसर्थ यो व्यापार युद्धले एक प्रकारको रक्तपात विहिन तेश्रो विश्वयुद्धको रुप लिन थालेको देखिन्छ ।

शोभियत संघ र अमेरिकाका विच दोश्रो विश्वयुद्ध पछि शीत युद्ध चलेको थियो । खुल्ला रुपमा युद्ध नभइ अन्य रुपमा हुने संघर्षलाई शीत युद्ध भनिन्छ । अहिले त्यस्तै दोश्रो शीत युद्ध अमेरिका र चीनका विच चल्न शुरु भएको देखिन्छ ।

केही दिन अगाडि अमेरिकाले एशियामा थप क्षेप्यास्त्रहरु तैनाथ गर्ने घोषणा गरेको छ । चीनको वेल्ट एण्ड रोडको विकल्पमा अमेरिकाले इण्डो प्यासेफिक रणनीति वनाएको सार्वजनिक भैसकेको छ । यस्तो प्रतिस्पर्धाले आगामी दिनमा विश्वमा अस्थीरता वढ्ने स्पष्ट छ । यो भनेको विश्व पूँजीवादको संकटको नयाँ रुप हो ।

रवीन्द्र श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्