Logo
Logo

तीन एआईजीको सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ साउन ।

सरकारले सशस्त्र प्रहरी बलका तीन जना एआइजीहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले प्रहरी कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआइजी पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।


त्यसैगगरी मानव स्रोत विभागमा कार्यरत रहेका एआइजी नारायण बहादुर थापालाई सीमा सुरक्षा विभागमा र सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी रामशरण पौडेललाई मानव स्रोत विभागमा सरुवा गरिएको हो । सशस्त्रमा तीन जना मात्र एआईजी छन् । एआईजी केसी आईजिपी शैलेन्द्र खनालविरुद्धको लागेको आरोप लाग्दै आएको छ । त्यही कारण उनलाई प्रतिष्ठानमा सरुवा गरिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्