Logo
Logo

टिभिएसको एओजी राइड, ४० जना राइडर


441
Shares

काठमाडौं । टिभिएसले अपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड आयोजना गरेको छ ।

भदौ ४ गते नारायणगढको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्याण्डसम्म राइट आयोजना गरेको हो । ४० जना राइडर सहभागी थिए । सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी समेत दिएका थिए ।

ब्लगर अरुण लम्सालले अन्य व्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टिभिएसले गरेकोमा खुशी ब्यक्त गरे । टिभिएसले हालसम्म काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा एओजी राइड सम्पन्न गरिसकेको छ । अब सेती, बाँके र मेची च्याप्टरमा कार्यक्रम गर्ने योजना छ ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सका लागि १ मात्र आधिकारिक वितरक हो । नेपालभर १ सय ३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।

गुणस्तरीय उत्पादन, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रतिक्रिया दिनुहोस्