काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) र सिभिल बैंक लिमिटेडबीच स्कलरसीप प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार सिभिल बैंकमा खाता हुने ग्राहकहरुले आईआईएफटीमा फेसन डिजाइनिङ र इन्टेरियर डिजानिङ सिक्न चाहनेले अधितम १५ प्रतिशत छुट पाउनेछन् ।

उक्त सम्झौतामा आईआईएफटीका तर्फबाट प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पा तथा निर्देशक विपना थापा र सिभिल बैंकको तर्फबाट सिभिल बैंक बागमती प्रदेश प्रमुख सुरज दाहाल तथा बाङ्गेमुडा शाखा प्रमुख रजल बज्रचार्यले हस्ताक्षर गरेका छन् । कमलादीको हेरिटेज प्लाजास्थित आईआईएफटीको कार्यालय एक कार्यक्रमबीच सो सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापछि आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले आईआईएफटीको अफिसियल बैंक सिभिल बैंक रहने बताए । सम्झौताले आईआईएफटीमा फेसन डिजाइनिङ सिक्न चाहनेहरु लाभान्वित हुनेछन् ।
आईआईएफटीले पछिल्लो केही वर्षयता फेसन डिजाइनिङ बन्न चाहनेहरुका इच्छा र रुची पूरा गर्दै आएको छ । काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा आईआईएफटी सञ्चालनमा रहेको छ ।
हालसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेका छन् । साथै, पछिल्लो समय आईआईएफटीले इन्टेरियर डिजाइनिङ पनि कोर्ष सुरु गरेको छ