
काठमाडौं । गायक दिवेश पोखरेल ‘आर्थर गन’ ले क्लब प्लाटिनमबाट टुबोर्ग होमकमिङ टुर सुरु गरेका छन् ।
उनले सुरुवातमा ‘उनले के पीर पर्यो तिमीलाई ?’ गीत गाएका थिए । त्यसपछि गाएका ‘लभ ईज माई रिडेम्पसन,’ ‘न्यानो घर’ जस्ता लोकप्रिय गीतले दर्शकको ताली पायो । दर्शकले आर्थरका नेपाली र अंग्रजी गीतको मजा लिए ।
क्रीडेन्स् क्लियरवाटर रिभाईभलको ‘ह्याब् यु एभर सिन द रेन’ जस्ता हिटको पनि आनन्द उठाए । अर्थरले क्लब प्लाटिनममा आफ्नो टुरको उद्घाटनमा दर्शकको माया र समर्थन पाए ।
अब पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोडमा पनि उनको प्रस्तुति रहने छ । सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल’ को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढ्यो । उक्त आइडलमा उनी उपविजेता बनेका थिए ।
टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको छ । टुबोर्गले नेपालमा आफ्नो सुरुवात देखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागी समर्थन गर्दै आएको छ । गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्टले टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रहेको बताए ।
टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको उनको भनाइ थियो