Logo
Logo

महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सहवितरण सोरुम


126
Shares

महेन्द्रनगर । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले महेन्द्रनगरमा पनि सहवितरण सोरुमको सुभारम्भ गरेको छ ।

डिशोमका रिजनलसेल्स म्यानेजर जेबि गुरुङ, एरियासेन्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीकोले संयुक्त सारुमको उद्घाटन गरेका थिए ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको न्याु केदा इन्टरप्राइजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नँया सोरुममार्फत दिनेछ ।

गत साउन २६ गतेदेखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको हो ।

एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेका इन्टरप्राइज अब अझ बढी ग्रहकहरुमाझ पुग्ने कम्पनीले भनाइ छ । नयाँ सोरुमले ग्राहकमाझ पुग्न सहयोग गर्ने इन्टरप्राइजका संचालक गोकुलदेव जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्