Logo
Logo

नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी गर्ने


3.5k
Shares

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३१.५७८९ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको कोषको २७औं वार्षिक साधारण सभाले कम्पनीको संचालक समितिको प्रस्तावित निर्णय अनुमोदन गरेको हो । जसअनुसार आर्थिक वर्ष २०७७/७८ को कायम चुक्ता पुँजीबाट सेयरधनिले ३० प्रतिशत बोनस सेयर पाउनेछन् भने बाँकी १.५७८९ प्रतिशत नगद लाभांश पाउनेछन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कोषले गत साउन २५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । जसअनुसार साउन २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिए । यस्तै, प्रस्तावित लाभांश पनि उनीहरुले मात्र प्राप्त गर्नेछन् ।

त्यसैगरी साधारण सभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको ०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।

सभामा कोष संचालक समितिका अध्यक्ष प्रा.डा. थापाले कोषले संचालन गरिरहेको सरकारी, गैर सरकारी एवं नीजि प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने बताए ।

उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विकास गरी लगानी विविधिकरण गरी प्रतिफल अभिबृद्ध गर्न सकिने बताए ।

उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दे समस्या एवं चुनौतीलाई समाधान गरी लगानीको विविधीकरण गर्दे उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामुलक बनाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तुस्थितीबारे जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैँया पुगको उनले जानकारी दिए । उक्त अवधिमा कोषले १ खर्व ९४ अर्व ९२ करोड लगानी गरेको छ ।

सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित हुन भएको छ ।

प्रतिक्रिया दिनुहोस्