Logo
Logo

कुमारी बैंकको नाफा २८.०३ प्रतिशतले बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुमारी बैंकले गत आर्थिक बर्ष २०७५/०७६ मा २८.०३ प्रतिशतले नाफा बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा २९ करोड २१ लाख रुपैयाँ बढीले नाफामा वृद्धि गरि गत आर्थिक बर्ष १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेको हो ।

बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण अनुसार बैंकले प्राय सबैजसो आम्दानीका सूचकहरु बढाएको छ । गत आर्थिक बर्षमा बैंकले ७३ अर्ब २० करोड निक्षेप संकलन गरि ७३ अर्ब १२ करोड बराबरको कर्जा लगानी गरेर ३ अर्ब २ करोड खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप २२.९३ कर्जालगानी २०.६७ प्रतिशत र ब्याज आम्दानी ४८.५५ प्रतिशतले सुधार भएको हो ।

यसैगरि, बैंकले आफ्नो व्यवसायको आकारमा २० प्रतिशत हाराहारीले वृद्धि गरेको छ भने ब्याज आम्दानीमा साढे ४८ प्रतिशत र सञ्चालन नाफामा ४२.६५ प्रतिशतको बढोत्तरी गरेको छ । असार मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले ९६ करोड ७० लाख रुपैयाँ बराबरको लाभांश क्षमता कायम गरेको छ । ८ अर्ब ६८ करोड रुपैयाँ पूँजी कायम गरेको बैंकले गत आर्थिक बर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्नसक्छ ।

साथै, बैंकको साधारण, शेयर प्रिमियम तथा शेयरधनी कोषमा गरी कूल ३ अर्ब १८ करोड माथिको जगेडा रहेको छ भने प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा बढेको छ ।

उक्त अवधिमा बैंकको आधार ब्याजदर घटेर १०.८२ प्रतिशत, खराब कर्जा ०.९७, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा र पूँजीकोष अनुपात १२.०७ प्रतिशतमा रहेको छ भने कोषको लागत बढेर ८.३५ प्रतिशतमा र मूल्य आम्दानी अनुपात १४.३२ गुणामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्