Logo
Logo

एनआईसी एशिया बैंक र होटल ह्यारिसन प्यालेसबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंकका सेवाग्राहील विराटनगरको होटेल ह्यारिसन प्यालेसमा छुट पाउने भएका छन् । एनआईसी एशियाले विराटनगरको बन्जारा चोकमा रहेको होटल ह्यारिसन प्यालेससँग सम्झौता गरेको छ । सम्झौताअनुसार, बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुले होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०५ सम्मको छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा बैंकका प्रदेश १ का प्रादेशिक कार्यालय प्रमुख दीपक थापा र होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरे । यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यसहित विभिन्न संस्थासँग सहकार्य गर्दै आएको छ । हाल बैंकले २९५ शाखा कार्यालय, ३२० एटिम, ५३ एक्सटेन्सन काउन्टर एवं ४१ शाखारहित बैंकिङ एकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्