Logo
Logo

गोली हानी एक जनाको हत्या


4.3k
Shares

बुटवल । कपिलवस्तुमा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । प्रहरीका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका रामसमुझ पासीको हत्या भएको छ ।

प्रहरीका अनुसार घरमै बसेका पासीलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेका थिए ।

घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बायाँ तिघ्रामा गोली लागेर छेडिएको छ ।

घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्