Logo
Logo

गठबन्धन व्यवस्थित र प्रभावकारी ढंगले अघि बढ्छ : मन्त्री कार्की


504
Shares

गठबन्धन व्यवस्थित र प्रभावकारी ढंगले अघि बढ्छ ः मन्त्री कार्की

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग शनिबार कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए ।

नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभाबाट पनि पारित हुने उहाँले विश्वास व्यक्त गरे ।

उनले नागरिकता विधेयकसम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवं भेटघाट सामान्य कुरा भएको र राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल र परामर्श लिने सुविधा भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्