
कोहलपुर । खेलकुदमन्त्री महेश्वर गहतराजले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन् ।
संचारकर्मीलाई प्रतिक्रिया दिदै मन्त्री गहतराजले नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको औंल्याए ।
कुनै पनि जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने उनले प्रष्ट पारे । सस्तो लोकप्रियताका लागि सरकारले जनतालाई दुःख दिन नहुने मन्त्री गहतराजले बताए ।
देशभरका अव्यवस्थित संरचनाको ब्यवस्थापनकालागि सरकारले प्रभावकारी निति बनाईरहेको र हतारमा कुनै पनि निर्णय नगर्न नहुने उनको प्रतिक्रिया छ ।
सबैलाई निर्वाचनमा केन्द्रित हुनसमेत आग्रह गरेका छन् ।














