Logo
Logo

आकाशे पुल होइन एस्कलेटर आवश्यक


- दृष्टि न्युज/संवाददाता


अहिले राजधानीका ठाउँ ठाउँमा आकाशे पुल वनाउने योजना वनेको समाचार सार्वजनिक भएको छ । विभिन्न ठाउँमा पुराना आकाशे पुल पनि छँदैछ । तर अबको जमानामा आकाशे पुल भन्दापनि एस्कलेटर सहितको पुल आवश्यक भैसकेको छ ।

आकाशे पुलमार्फत वाटो काट्न अशक्त र जेष्ठ नागरिकहरुलाइ कठिन वनिरहेको छ । आकाशे पुलको उकालो र ओरालोमा हिंड्न उनीहरुलाई कठिन हुने गरेको छ ।

यसको वैकल्पिक उपाय भनेको एस्कलेटर सहितको आकाशे पुल हो । एस्कलेटर भनेको विद्युतीय भ¥याङ हो । यस्तो विद्युतीय भ¥याङ सहितको आकाशे पुल वनाउँदा यसले अशक्त र जेष्ठ नागरिकहरुलाई निकै सुविधा दिने गर्दछ ।

राज्यले जेष्ठ नागरिक र असक्त तथा विरामीहरुकालागि यस्तो विद्युतीय आकाशे पुल वनाउनु आवश्यक भैसकेको छ ।

साथै अहिलेको आकाशे पुलमा यात्रुको चाप धेरै हुन थालेको छ । यसले गर्दा समय कम लाग्ने हिसावले पनि विद्युतीय आकाशे पुल आवश्यक भैसकेको छ ।

अहिलेको पुरानो मोडलको आकाशे पुल र विद्युतीय आकाशे पुल निर्माणको खर्च धेरै फरक नपर्ने विज्ञहरुको भनाइ छ ।

विभिन्न तहका सरकारहरुको दूर दृष्टि समय मै पुगेन भने नेपालको विकास गति समयको माग भन्दा पछि पर्दै जानेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्