Logo
Logo

आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने


378
Shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।

वैशाखसम्ममा मेसिन निर्माण सक्नेगरी काम थालेको छ । त्यसका लागि सरकारले पनि सघाउने भएको छ । मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्नेगरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ । सम्झौता पछि आफूहरु उत्साहित भएको आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले बताए ।

यो रकमबाट सिन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने पुनले बताए । कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले यो समझदारीले आफ्नै उत्पादन प्रयोग गर्ने राष्ट्रिय नीतिलाई सघाउने बताए ।

भविष्यमा यस्तो सहयोग र सहकार्य आविष्कार केन्द्रसँग हुने मन्त्री बडूले बताए ।

प्रतिक्रिया दिनुहोस्