Logo
Logo

काठमाडौं महानगरले हटाउन थाल्यो सडकमा राखिएका निर्माण सामग्री


4.5k
Shares

काठमाडौं । काठमाडौं महानगरले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामाग्री हटाएको छ ।

शुक्रबार महानगरको टोलीले डोजर लिएर बानेश्वर क्षेत्रको सडकमा राखिएका बालुवा, गिट्टी लगाएतका निर्माण सामाग्री हटाएको हो । सडकमा निर्माण सामाग्री नराख्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि सामाग्री हटाएर जफत गरिएको महानगरले जनाएको छ ।

सडक छेउमा निर्माण सामाग्री राख्दा ढल नै अवरुद्ध हुने गरेको देखिएको छ । निर्माण गर्न लागिएका घरका लागि निर्माण सामाग्री सडकमा राख्दा यातायात सञ्चालन तथा फुटपाथमा हिडडुल गर्न कठिनाई भएकाले महानगरले कारवाही गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्